तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदाको संरक्षणमा सरकार प्रतिबद्धः मन्त्री महासेठ

अजय कुमार झा, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुरातात्विक सम्पदाकोे संरक्षण तथा विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

जनकपुरधामको राजदेवी मन्दिर मूल ढोकामा बन्ने कलात्मक प्रवेशद्वारको आज शिलान्यास गर्दै मन्त्री महासेठले भुकम्पका समयमा भत्केका धेरै सम्पदाहरुको पुनः निर्माण अन्तिम चरणमा रहको अवगत गराउनु भयो ।

मन्त्री महासेठले जनकपुर–जयनगर रेल सेवा छिटै सञ्चालन ल्याउने गरी काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button