तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाबाट गल्याङ जाँदै गरेको जिप दुर्घटनामा ३ को मृत्यु, १८ घाईते

पाल्पा – पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । पाल्पाको हुँगीबाट स्याङजाको गल्याङतर्फ जाँदै गरेको जीप आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा वालिङ–१३ वायखोलाका नौ महिने बालक पल्सन परियार, वालिङ –११ स्याङजाकी ३४ वर्षीया मञ्जु गैरे र रम्भा गाउँपालिका १ की ७२ वर्षीया सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका–३ बुटवल पावर हावस नजिकै लु १ ज ३८४१ नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको बसलाई साइड दिँने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जीप सडकबाट २ सय मिटर तल खसेको र यस सम्बन्धमा थप अनुसन्धान गर्ने काम भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button