तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयकले सञ्चार क्षेत्रका समस्या समाधान गर्ने  : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसदमा विचाराधिन रहेको मिडिया काउन्सिल विधेयकले सञ्चार क्षेत्रमा देखिएका अधिकांश समस्याहरूको समाधान गर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलले बुझाएको १४ बुँदे ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मन्त्री बास्कोटाले विधेयकले अनलाईन पत्रकारिता लगायत सञ्चार क्षेत्रका नयाँ विषयहरू समेत सम्बोधन गरेको उल्लेख गर्नुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा गएको महासंघको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापि मान्यता अनुरूप हुनेगरी राज्यका तिनवटै तहमा सञ्चार सम्वन्धी नीति, कानुन तथा संरचनाहरू निर्माण गर्ने, श्रमजिवी पत्रकार ऐन लागु हुनुपर्ने, मिडियालाई सञ्चार उद्योगको रूपमा मान्यता दिनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्नुपर्ने, विज्ञापन बोर्ड गठन गरी समानुपातिक विज्ञापन नीति लागु हुनुपर्ने लगायतका विषयहरू उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button