तपाईँ सुन्दै हुनुहुन्छः

फोहोरमैलाको व्यवस्थापनमा सरकार गम्भिर : मन्त्री बस्नेत

काठमाडौँ –  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बढ्दो सहरी करणले अवसरका साथै चुनौति समेत थपेकाले सहरीकरणको व्यवस्थापनामा सरकार गम्भिर रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाउनु भएका प्रश्नमा मन्त्री बस्नेतले लगानी वोर्ड मार्फत सार्वजनिक निजी साझेदारी एएए का धारमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने तयारी भइरहेको र यसले काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुने बताउनुभयो ।

मन्त्री बस्नेतले फोहोरको दीर्घकालीन समाधानका लागि ल्याण्ड फिल्ड साइडको खोजी गर्ने भन्दा पनि फोहोरलाई मोहोरमा बदल्ने कार्य सरकारले अघि बढाएको र यसलाई अझ विस्तार गर्ने सरकारको नीति रहेको जानकारी दिनुभयो ।

चुरे क्षेत्रमा भइरहेको अतिक्रमणले तराइका ३३ खेती योग्य जिल्लाहरु प्रभावित भएको भन्ने सांसदहरुको प्रश्नमा मन्त्री बस्नेतले चुरे क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले २०७१ देखिनै राष्ट्रिय गौरबको आयोजनाको रुपमा चुरे संरक्षण आयोजना संचालनमा ल्याइएको र यसको प्रभावकारी कार्यान्वयनमा सरकारले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

७ सय ५३ स्थानीय तहमध्ये १ सय ३७ स्थानीय तह वन रहित रहेकाले साझेदारी वन, चुरे संरक्षण र चालु आर्थिक वर्षलाई वृक्ष रोपण वर्ष घोषणा गरी ती क्षेत्रमा वन विस्तार गरी हरियाली बढाउने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

वृक्ष रोपण वर्ष अन्तरगत चालु आर्थिक वर्षमा ५ करोड विरुवा रोप्ने र प्रदेश एवं स्थानीय तहसंगको समन्वयमा बोट विरुवाको संरक्षण गर्ने सरकारको लक्ष रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button