तपाईँ सुन्दै हुनुहुन्छः

नेपालालई ११ अर्ब ४० करोड अनुदान उपलब्ध गराउने सम्झौता

काठमाडौं । युरोपियन युनियनमा आवद्ध तीन देशले नेपाललाई अुनदान सहायता उपलब्ध गराउने भएका छन् ।  बुधबार अर्थ मन्त्रालयमा अनुदान पत्रमा हस्ताक्षर गर्दै  ११ अर्ब ४० करोड अनुदान उपलब्ध गराउने सम्झौता गरेका हुन् ।

युरोपियन युनियनमा आबद्ध मुलुकहरू स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदूतले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यले अनुदान उपलब्ध गराएका हुन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदूत लास्से जोहाननेशेन र बेलायतका अन्तर्राष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सहमति पत्रमा हस्ताक्षर गरे ।

सहसचिव नेपालले ११ अर्ब ४० करोड चालु आर्थिक वर्षदेखि चार वर्षभित्रमा नेपाललाई उपलब्ध गराई सक्ने समझदारीमा उल्लेख गरिएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button