तपाईँ सुन्दै हुनुहुन्छः

गएरातिको वर्षाले निर्माणाधीन घर भत्कियो(तस्विरसहित)

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउसिङको दुई तले घर राति २ बजे भत्किएकाे हो।

घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।

‘हामी अध्ययन गरिरहेका छौं,’ हाउजिङका एक कर्मचारीले भने। कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति ससाना पहिरो गएको तथा घरभित्र पानी पसेको बताए ।

घर भत्किँदा मानवीय क्षति भने भएको छैन । ग्रीनहिल सिटीले मूलपानी क्षेत्रमा हालसम्म १ सय ५० घर निर्माण गरी बिक्री गरिसकेकाे छ भने ८ सय घर निर्माण गर्ने बताइएकाे छ ।

यस क्षेत्रमा असार २६ गतेकाे अविरल वर्षाका कारण पर्खाल भत्किएर टहराे पुरिँदा ३ व्यक्तिकाे मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button