तपाईँ सुन्दै हुनुहुन्छः

देशभरका ४२ जिल्लामा डेंगु प्रकोप, डाक्टरलाई पनि संक्रमण

काठमाडौं । देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगु काठमाडौंमा पनि भेटिएको छ । यही भदौ ११ गते बुधबारको रेकर्डअनुसार प्रदेश १ मा ५६३, प्रदेश २ मा १४, प्रदेश ३ मा ५५९, गण्डकी प्रदेशमा ३३९, प्रदेश ५ मा ५६ र सुदूरपश्चिम प्रदेशमा ६ जना डेंगुका बिरामीको उपचार भइरहेको छ । सुनसरीबाट सुरू भएको यो रोग अहिले नियन्त्रणबाहिर छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार सबैभन्दा धेरै सुनसरीमा ३३१ जना डेंगुका बिरामीको उपचार भइरहेको छ। डेंगुबाट देशभरका  ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ ।पछिल्लो तथ्यांक अनुसार प्रदेश १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर, चितवन र काठमाडौं गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रुप लिइसकेको छ । गत बिहीबारसम्म सुनसरीमा ३ सय ३१ झापामा २ सय ९४ मकवानपुरमा ५ सय ४६ चितवनमा ४ सय ३४ जनामा डेंगु प्रमाणित भइसकेको छ ।

तथ्यांक अनुसार काठमाडौंमा पनि डेंगु संक्रमण दिनानुदिन बढेको हो । काठमाडौं उपत्यकामा ७६ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । चालु आर्थिक वर्षको सुरु देखि मंगलबारसम्म देशभर २ हजार ४ सय ७६ जनामा डेंगु प्रमाणित भइसेको छ ।

डाक्टरलाई नै डेंगु 
टेकुस्थित शुक्ररात ट्रपिकल तथा सरुवा रोग अस्पतालका ३ जना डाक्टरलाई पनि डेंगु सक्रमण भएको छ । सरुवा रोग अस्पतालका तीन जना डाक्टरमा डेंगुको सक्रमण भएको अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो ।

अस्पतालका अन्य ८ जना पनि बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको छ । काठमाडौं उपत्यकाका नयाँ बजार, खुसिबु, डल्लु, असन, टेक, भोटेबहाल, पेप्सिकोला, त्रिपुरेश्वर, न्युरोड, क्षेत्रपाटी, स्वयम्भूलगायतका स्थानबाट बिरामी उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने गरेको डा. पुनको भनाइ छ ।

चार प्रकारका डेंगु भाइरसमध्येमा नेपालमा टाइप टु देखिएको छ । यसको असर कम देखिने भए पनि एकपटक संक्रमित व्यक्तिलाई अर्को प्रकारको डेंगी संक्रमण भएमा जटिल रुप लिने र मृत्युसमेत हुन सक्ने डा. पुनको भनाइ छ । यसबाट बच्न हरेक घरपरिवारले आफ्नो घरवरपर लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button