तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानले भुक्तानी पाए

विराटनगर/इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो ।

उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१.२८ का दरले रु ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिनुभयो । गएको वर्षमा सरकारले रु ५०६.२८ प्रति क्वीन्टल मूल्य निर्धारण गरको थियो भने सरकारले प्रति क्वीन्टल रु ६५ व्यहोर्ने भनिएको थियो ।

मिलबाट सबै किसानले उखुको भुक्तानी पाए पनि सरकारले व्यहोर्ने भनेको रकम रु सात करोड ६६ लाख १० हजार ६२५ भुक्तानी हुन बाँकी रहेको प्रबन्धक मेहताले जानकारी दिनुभयो । नगदेबालीको रुपमा रहेको उखु सुनसरी मोरङमा करीव पाँच हजार बिगाहा जग्गामा हुने गरेको छ भने यसवर्ष झापाबाट करीब १० हजार क्वीन्टल उखु मिलमा आएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button