तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य फेरि ह्वात्तै बढ्यो , चाँदीको मूल्यमा नयाँ रेकर्ड

साताको चौथो दिन अर्थात (बुधबार) सुनको मूल्य ह्वात्तै बढेको छ।

आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ९ सय भन्दा माथि पुगेको थिएन्। हिजो ८ सय  ९५ रुपैयाँमा कारोेबार भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button