तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्यो (सूचीमा हेर्नुहोस्)

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button