तपाईँ सुन्दै हुनुहुन्छः

हेल्मेटमा लुकाएर ल्याएको ८ लाख भारतीय रुपैयाँ सहित दुई पक्राउ

बीरगंज ।  भारतको रक्सौलबाट वीरगञ्ज तर्फ अवैध रुपमा ८ लाख भारतीय रुपैयाँ लिएर आईरहेको अवस्थामा सशस्त्र प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जमा चेकजांचको क्रममा मंगलवार सांझ उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन ।

सशस्त्र प्रहरीको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गर्दा चेकजांचको क्रममा शरीर र हेल्मेटमा लुकाएर ८ लाख ८ हजार २ सय ७२ भारतीय रुपैयाँ अवैध रुपमा ल्याईरहेको भेटीएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक अमर खत्रीले बताउनु भयो ।

बरामद गरिएको भारतीय रुपैया मोटरसाईकल सहित सर्राफ र श्रेष्ठलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रिय कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button