तपाईँ सुन्दै हुनुहुन्छः

अपराधका घटनामा राजधानी पहिलो

काठमाडौं । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको एक अध्ययनल मुलुकभरमध्ये सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा राजधानी काठमाडौं देखिएको छ ।

आर्थिक वर्ष ०७५र ७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् ।

राजधानीपछि पूर्र्वी नेपालको विराटनगर सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने अध्ययनले देखाएको छ ।
तथ्यांक अनुसार त्याहाँ यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएका छन् ।

मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ । प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ ।
त्यसैगरी रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ भने झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएका छन् ।
अध्यननले झापापछि कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button