तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एक जनाको मृत्यु

कैलाली-मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरु गाढासँग ठोक्किँदा कैलारी गाउँपालिका –४ स्थित के गाउँमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा धनगढी ७ का ४६ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको छ । मङ्गलवार साँझ करिब पौने ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनु भयो । दुर्घटनामा पनि गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button