तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी 

मेलम्ची । मेलम्ची आयोजना पिडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् ।

समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा भदौ १८ गतेदेखि पिडितहरू धर्ना बस्ने लागेका हुन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले मेलम्ची गतसाता समितिले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो । समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button