तपाईँ सुन्दै हुनुहुन्छः

‘शमी साहित्य साधना सम्मान’ भँडारीलाई

काठमाडौं । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ इलाममा रहेर लामो समय नेपाली भाषा, साहित्यमा योगदान दिँदै आउनुभएका ८१ वर्षीय माधव भँडारीलाई दिइने भएको छ ।

प्रतिष्ठानले विसं २०६७ देखि वरिष्ठ साधकलाई दिँदै आएको सो पुरस्कारको राशि एक लाख एक हजार १०१ छ ।

यसैगरी रु २५ हजार राशिको शमी युवा प्रोत्साहन पुरस्कार गायिका मेलिना राई (खोटाङ) लाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमिति बैठकले प्रतिभा चयन गरेको हो ।

प्रतिभा चयनका लागि प्राडा देवीप्रसाद गौतमको संयोजकत्वमा प्रा राजेन्द्र सुवेदी र प्राडा महादेव अवस्थी सम्मिलित समिति गठन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button