तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा पश्चिम एयर बेसको शुभारम्भ

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर बेस सञ्चालनको शुभारम्भ गर्नुभएको छ ।

काठमाडौँबाट मात्र हुँदै आएको हवाई परिवहन सुविधालाई पश्चिम र पूर्व एयर बेस हुँदै मुलुकभर विस्तार गर्ने नीतिअनुरुप सेनाले सुर्खेतमा एयर बेसको विस्तार गरेको हो ।

एयर बेस सञ्चालनमा आएसँगै अब सुदूरपश्चिम क्षेत्रका नागरिकलाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो ढङ्गबाट उद्धार तथा राहत वितरणमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button