तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान: देशका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षाका सम्भावना

काठमाडौँ –देशको मध्ये तथा पश्चिमी भु–भागमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विभागले जनाएको छ । पूर्वी पहाडी भु–भागमा सामान्य बदली र पूर्वी तराईमा सामान्यतया सफा मौमस रहेको छ ।

हाल प्रदेश २, ३, ५ र ७को दक्षिणी भागहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई वर्षा भइरहेको छ र प्रदेश १,३ र ४ को उत्तरी भ–भागमा प्रणाली विकसित भई बिस्तारै दक्षिण–पश्चिम तर्फ जाने क्रम रहेकोले ती भू–भागमा मौसमी गतिबिधि बढ्न सक्ने हुनाले सामान्य सतर्क रहन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

आगामी तिन दिन सम्म देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षाका साथै पश्चिम तथा मध्ये पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने संभावना भएका कारण पहाडी भु–भागमा पहिरोको जान सक्ने साथै नदीमा पानीको वहाव बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ : 
भाद्र १७ गते (मंगलबार)
रातीः देशको मध्य र पश्चिमका अधिकांस स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा र पूर्वी भ–भागमा आंशीक देखि सामान्य बदली भई थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ्र

भाद्र १८ गते (बुधबार)
दिउँसो :
देशभरी आंसिक देखि सामान्य बदली रही पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

रातीः देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भाद्र १९ गते (बिहिबार)

दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

रातीः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button