तपाईँ सुन्दै हुनुहुन्छः

उपकप्तान मल्लले टि–२० सिरिज नखेल्ने

काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि–२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत देखाउँदै नखेल्ने जनाएका हुन् ।

नेपालसहित ५ राष्ट्रले आगामी अक्टोबर ५ देखि १० सम्म ओमानमा हुने टि–२० सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । जसको लागि नेपालले दुई दिन अघिदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रतियोगितामा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् । नेपालले ६ अक्टोबरमा हङकङ, ७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ ।

यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारी स्वरुप लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button