तपाईँ सुन्दै हुनुहुन्छः

दशानायके भैरहवा ग्लाडियटरका प्रशिक्षक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि भैरहवा ग्लाडियटरले नेपाली राष्ट्रिय टिम सम्हालिसकेका पूर्व प्रशिक्षक पुबुदु दशानायकेलाई प्रशिक्षकको रुपमा ल्याएको छ ।

पुबुदुले भैरहवासँग २०२० सम्मका लागि सम्झौता गरेको जनाइएको छ । पुबुदुले २०१३ मा नेपाली टिम सम्हालु भएको थियो । डिभिजन ३ मा हुँदा नेपाली टिम सम्हालेका पुबुदुलाई अहिले नेपाली टिमले एक दिवसीय वरियता पाउँदा पनि त्यसको श्रेय जाने गरेको छ ।

टिम कप्तान शरद भेषावकरले पुबुदुबाट आफूहरुले विगतमा धेरै कुराहरु सिकेको र अझै पनि सिक्न आतुर रहेको उल्लेख गरे । लगातार २ सिजन उप विजेतामा सिमित भएको भैरहवा ग्लाडियटरले यस पटक उपाधि जित्ने लक्ष्य लिएको पनि बताए ।

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button