तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको अन्तरिम आदेश

अजय बम । भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको कमिटीको चुनाव रोक्न सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायधीश टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले जारी गरेको आदेशमा रिट निवदेनको गाम्भीर्यता हेर्दा दुबै पक्ष राखेर छलफल गरी उचित, निष्कर्षमा पुग्न जरुरी भएकाले भदौ २२ गते पेशी तोकिएको छ । यसबीचमा ओलम्पिक कमिटीको निर्वाचन नगराउन अदालतले सबै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button