तपाईँ सुन्दै हुनुहुन्छः

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रामेछाप मन्थली नगरपालिका वडा–२ को बान्द्रेको पुल नजिकै आज विहान भएको ट्रयाक्टर दुर्घटनामा परि ट्रयाक्टरका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्थली नगरपालिका वडा न–१ वस्ने ट्रयाक्टरका चालक करिव ३५ वर्षका ध्रुव रोका रहेका छन् ।

मन्थलीबाट खिम्ति तर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ना६त ६३०१ नंको ट्रयाक्टर गुड्ने क्रममा ब्रेक फेल भई सडकबाट करिव १ सय ३० मीटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाउनासाथ स्थानियहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

ट्रयाक्टरका चालक रोका उपचारको लागि तामाकोशी सहकारी अस्पतालमा लगिएको र उनको उपचारको क्रममा अस्पतालमा नै मृत्य भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परि अन्य २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा मन्थली नगरपालीका वडा नं ७ का २२ वर्षिय रोशन परियार, दोरम्वा गाउँपालिक–५ का १७ वर्षिय दिनेश नेपाली रहेका छन् । उनिहरु मध्ये रोशनको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि उनलाई काठमाडौँ पठाईएको छ भने दिनेशको भने तामाकोशी सहकारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button