तपाईँ सुन्दै हुनुहुन्छः

पानी परेपछि बारा, पर्सा, रौतहटका किसान हर्षित

बीरगंज – आकाशे पानीको भरमा रोपिएको धानखेती सुकेको समयमा आज बिहान पानी परेपछि बारा, पर्सा, रौतहटका किसानहरु हर्षित भएका छन ।

धानबालीका लागि अहिले पानीको आवश्यकता रहेका बेला पानी परेपछि किसानहरु हर्षित भएको धोवीनी गाउपालिका ५ निवासी मुकेश प्रसाद कुर्मीले बताउनुभयो ।

सरकारले व्यवस्था गरेको गण्डक नहरको पानी अधिकांश खेतहरुमा नपुग्ने गरेकोले अहिलेसम्म अकासे पानीको भरमा नै किसानहरुले धान खेती गर्दै आएका  छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button