तपाईँ सुन्दै हुनुहुन्छः

आईसीसी टी-ट्वान्टी वरियतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी  र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । त्यसैले नेपालको वरियतामा घटबढ भएको छैन ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन्  । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्  ।

एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button