तपाईँ सुन्दै हुनुहुन्छः

भूमिसुधार तथा मालपोत कार्यालय मोरङद्वारा ७२ करोड राजश्व सङ्कलन  

विराटनगर  – मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजश्व सङ्कलन गरेको छ ।

घर जग्गा रजिष्ट्रेशन तथा रोक्का लगायतबाट रु ५१ करोड २० लाख नौ हजार ७५५, पूर्जा बिक्रीबाट रु चार लाख १५ हजार ५२५, बेरुजु दाखिलाबाट रु तीन लाख ६२ हजार २६०, पूँजीगत लाभकारबाट रु २० करोड ८८ लाख ८० हजार ४८२ र न्यायिक दस्तुरबाट रु १० लाख २४ हजार ६८६ सङ्कलन भएको कार्यालयका लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४/७५ मा सो कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेको थियो । तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button