तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से बीस अंकले बढ्यो शेयर बजार

आज, मंगलबार शेयर बजार परिसूचक (नेप्से) २०.५७ अंकले उकालो लागेको छ ।

आइतबार र सोमबार दोहोरो अंकले गिरावट आएको नेप्से मंगलबार भने अन्तिम समयमा आएर उकालो लागेको हो । यसदिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।

सोमबार ४० करोडको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार ५१ करोडको कारोबार भएको छ ।

यसदिन अन्य समूह र म्युचुअल फण्ड समूह बाहेक बाँकी सम्पूर्ण समुहको शेयर मूल्य बढेको छ । सबैभन्दा बढी जीवन बीमा र निर्जिवन बीमा समूहको सूचक बढेको छ ।
यी समूहको क्रमशः १४५ र १२३ अंकले बजार बढेको छ ।

त्यस्तै बैकिंङ समूह १८.९८, होटल्स २३.६८, विकास बैंक २१.५९,जलविद्युत २१.९३,फाइनान्स ६.५७,उत्पादनमूलक ४७.९९ र माइक्रोफाइनान्स ३३.१३ अंकले उकालो लागेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा यूनिभर्सल पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लगायत छन् ।

सबैभन्दा बढी गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रो लगायत छन् ।

मंगलबार नेपाल बांग्लादेश बैंकको प्रमोटर शेयरको कारोबार रु ५ करोड ७२ लाख बराबरको भएको छ।

त्यसैगरी नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button