तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङमा होटेल र रिसोर्ट खुल्नेक्रम बढ्यो

म्याग्दी । हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटक आगमनसँगै सुविधासम्पन्न होटेल, लज र रिसोर्ट खुल्नेक्रम बढेको छ ।

होटेल खुल्नेक्रम बढेपछि जोमसोम, कागबेनी, मुक्तिनाथ, लेते, लोमान्थाङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज भएको छ ।

अहिले मुक्तिनाथको दर्शन गर्न जाने पर्यटकले आफ्नो आयस्तर एवं होटेलको सुविधाअनुसार सस्तोदेखि महँगो होटेलमा बस्न पाउँछन् ।

पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि पर्यटक आगमनमा आएको उत्साहजनक वृद्धिले यस क्षेत्रमा होटेल व्यवसायको लगानीमा आकर्षण बढेको हो ।

मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकसँगै त्यहीक्रममा होटेलको संख्या र सुविधा बढ्दै गएको हो ।

पक्कीघरमा २५ कोठा भएको होटेल सन्चालन गर्न तीनदेखि चार करोड रुपैयाँसम्म लगानी हुने गरेको छ ।

हाल रहेका होटेलमा एक रातमा हजारजनासम्म विदेशी पर्यटक राख्न सकिने अवस्था छ ।

पछिल्ला ५/६ वर्षयता होटेल बन्नेक्रमले गति लिएको छ ।

सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्ला वर्षमा हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button