तपाईँ सुन्दै हुनुहुन्छः

टेलिप्रिजेन्समार्फत् प्रधानमन्त्री र मन्त्रीहरुबीच आज पनि छलफल

काठमाडौँ– सिंगापुरमा उपचारमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक मन्त्रिपरिषदका सदस्यहरुसँग टेलिप्रिजेन्स प्रविधिमार्फत् सरकारका काम कारवाहीबारे छलफल गर्नुभएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य उपचारबारे मन्त्रीहरुलाई जानकारी गराउनु भएको र मन्त्रीहरुले आफ्ना मन्त्रालयका कामहरुका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाललाई बताउनुभयो ।

मन्त्री बाँस्कोटाले मन्त्रीपरिषदको आज औपचारिक बैठक नबसेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button