२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा सरकार समर्थक एघार नागरिक सेनाका सदस्य मारिए   

रेडियो नेपाल २०७६ भदौ १७ गते १३:४९

तालुकान, अफगानिस्तान   –  अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताउनु भएको छ ।

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ । तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।
रासस/सिन्ह्वा

सम्बन्धित