तपाईँ सुन्दै हुनुहुन्छः

वेथी नदीमा बेपत्ता तीनै जनाको शव फेला

कपिलवस्तु – तिजको अवसरमा शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ ।

बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान परेकोे थियो ।  बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको हो ।

प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । कानुनी प्रक्रिया पूरा गरी तीन वटै शव परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button