तपाईँ सुन्दै हुनुहुन्छः

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या

रुकुम – रुकुम पश्चिममा एक जनाले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन । मुसिकोट नगरपालिका वडा नं.३ गोगनपानी रुकुम पश्चिमका २७ बर्षिय नबिन खड्काले २७ बर्षिय कमला खड्कालाई धारीलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

हत्या गरेर फरार रहेका खड्कालाई प्रहरीले तत्काल पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

खड्काले मदिरा सेवन गरेर हत्या गरेको पाईएको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । उनलाई हिरासतमा राखेर कर्तब्यज्यान शिर्षकमा जाहेरी दरखास्त लिई जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गर्ने तयारी भई रहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button