तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध जयपृथ्वी राजमार्ग सन्चालनमा

बझाङ। लगातारको वर्षाका कारण अवरुद्ध बनेको बझाङको जयपृथ्वी राजमार्ग सन्चालनमा आएको छ ।

शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग मंगलबार बिहानबाट सन्चालनमा आएको हो ।

राजमार्गको कचालीखोलानजिकै र जाल्या बगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाएको पहलमा राजमार्ग सन्चालनमा आएको हो ।

पहिरोका कारण रोकिएका लामो तथा छोटो दूरीका सवारी–साधनहरुसमेत सन्चालनमा आएका छन् ।

सडक निर्माणकाक्रममा जथाभावी डाँडा काटिएका कारण पहिरो जाने समस्या बढेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button