तपाईँ सुन्दै हुनुहुन्छः

उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो । आज चाँदी १० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button