तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्वका कर्मचारी घुससहित पक्राउ

बारा । आन्तरिक राजश्व कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामा ४० हजार रुपैयँँ घुससहित पक्राउ परेका हुन् ।

अपरेटर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो ।  लामो समयदेखि कर नतिरेहरूकाे प्यान नम्बर बन्द गर्न राजश्व सहुलियत गरिदिने भन्दै रकम माग्दा लामा अख्तियारको फन्दामा परेका हुन् ।

उनलाई कार्यालय समयपछि सोमबार साँझ समराको  होटेलमा खाजा खान बसेको अवस्था पकाउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button