तपाईँ सुन्दै हुनुहुन्छः

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्रले ओमानमा हुने टी-ट्वान्टी नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

ज्ञानेन्द्रले व्यक्तिगत कारण उक्त प्रतियोगिता नखेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको मिडिया म्यानेजर सुरज शाक्यले जानकारी गराएका छन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button