तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा गणनाा गरिंदै

चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी चैतमा गैँडा गणना गर्ने भएको छ ।
आगामी चैत १ गतेदेखि गैँडा गणनाका लागि गृहकार्य शुरु भएको विभागले जनाएको छ ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेको र ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने जानकारी विभागले दिएको छ ।

विभागका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ ।
सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैँडा रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button