तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा नुहाउने क्रमम डुबेर तीन जनाको मृत्यू

कपिलबस्तु । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर तीनजना बेपत्ता भएका छन् ।

शुद्धोधन गाउँपालिका– ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

बेपत्ताहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगको खोजी गरिरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button