तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनको लागि दल दर्ताका लागि आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्म तोकिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताउनुभयो ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हँुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button