तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कनुहुने : स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं / प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कनुहुने भएको छ ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले टेलिफोनमा आफू शुक्रवार स्वदेश फर्कने तयारीमा रहेको जानकारी गराउनुभएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले जानकारी दिनुभयो ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले विशेष गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासा राख्नुभएको उल्लेख गर्दै उपनेता नेम्वाङ्ले त्यस विषयमा प्रतिपक्ष र सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भइरहेको जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button