तपाईँ सुन्दै हुनुहुन्छः

फिफाद्वारा अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक

अजय बम । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डायक परेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button