तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबलको उपाधि पुलिस क्लबलाई

अजय बम । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो ।

महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेपछि दुई विभागिय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा भाग लिएका थिएनन् ।

अघिल्लो दिन समूह चरणमा हराउनका लागि केहि संघर्ष गरेको पुलिसले फाइनलमा भने सहज जित हासिल गरेको थियो ।

पोखराको लामाचौरमा पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा हराएको थियो । विजता पुलिसले उपाधिसहित १ लाख रुपैयाँ र न्यु डायमण्डले ६५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

नेपालमा यही मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा थप तीन खेलहरु थपिने भएका छन् ।

सदस्य सचिव रमेश सिलवालले साग अन्तर्गत तीन खेलहरु थपिने सम्भावना भएको बताउनु भएको हो । यदी तीन खेल थपिएमा सागमा पोखरामा १० खेल हुने छन ।

नेपाली क्रिकेट टोलीका टिम कप्तान पारस खडका सहित प्राविधिकहरुको टोली संग सदस्य सचिब सिलवालले पोखरा रंगशालाको क्रिकेट मैदान निरिक्षण गरेपछि पोखरामा महिला क्रिकेटको सम्भावना बढेको बताउनुभयो ।

आफ्ना प्राविधिकहरुलाई १० दिन अघि नै यसका लागि पोखरा पठाएर काम थालिसकेको जानकारी दिंदै सदस्य सचिब सिलवालले अब डिपिआर सकेर टेण्डर गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button