तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया विधेयक संशोधन हुने

काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधन भएको हुने भएको छ ।

समाचार लेखेकै कारण कसैको प्रतिष्ठामा आँच पुगेको ठहर भएमा पत्रकारले १० लाख रुपैयासम्म जरिवाना भर्नु नपर्ने भएको छ ।

पीडितलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्था सत्तारुढ नेकपाकै तर्फबाट हटाउने गरी संशोधन दर्ता भएपछि जरिवानाको व्यवस्था हट्ने भएको हो ।

नेपाल पत्रकार महासंघ र नेकपा संसदीय दलबीच भएको सहमति अनुसारनै सत्तारुढ नेकपाका सांसदहरु ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवरलगायतले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको परामर्शमा सोमबार संशोधन दर्ता गराएका हुन् ।

प्रस्तावित विधेयकको दफा १८ मा समाचार लेखेकै कारण कसैको प्रष्ठिामा आँच पुगे २५ हजार देखि १० लाखसम्म जरिवाना भराउन सक्ने व्यवस्था थियो । यसको पत्रकार महासंघ लगायत संस्थाले विरोध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button