तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबार गेटअघिको घर गृहले कब्जामा लिने

सिंहदरबार अगाडि बनेको ११ तले अग्लो घर गृह मन्त्रालयले अधिग्रहण गर्ने भएको छ । ११ तले उक्त व्यापारिक भवनले सुरक्षामा चुनौती उत्पन्न गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उजुरी पुगेपछि घर अधिग्रहण गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।देशकै प्रमुख प्रशासनिक केन्द्र अगाडि बनेको उक्त भवनले शान्ति सुरक्षामा पार्ने असरका सम्बन्धमा अध्ययन समिति गठन भएको थियो । उक्त समितिले दिएको सुझाव अनुसार गृह मन्त्रालयले आइतबार अधिग्रहण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button