तपाईँ सुन्दै हुनुहुन्छः

‘तीज हाम्रो पहिचाहन र गौरव’:शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरितालिका तीज पर्वले समाजिक सद्भाव कायम राख्न मद्धत गरिरहेको बताउनुभएको छ ।

‘हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ । यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन्’ देउवाले शुभकामनामा उल्लेख गर्नुभएको छ, ‘अनेक विमतिकाबीच हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वले योगदान गर्दै आएका छन् । अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र भाइचारा व्यक्त गर्ने परम्पराले समाजलाई एक साझा फूलबारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ ।’

सभापति देउवाले पारिवारीक सम्बन्ध सुमधुर बनाउन समेत तीजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ’ उहाँको सन्देशमा भनिएको छ, ‘यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button