२०७८ साल कार्तिक १० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कहिलै नखुलेको पशुपतिको पूर्वी ढोका यसपटक खुल्यो

रेडियो नेपाल २०७६ भदौ १६ गते १२:०३

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको अवसरमा दर्शनार्थीङ्का लागि मन्दिरका चारवटै ढोका खुल्ला गरेको छ। तीजमा लाग्ने विशेष मेला भक्तजनको भिडलाई लक्षीत गर्दै पशुपति क्षेत्र विकास कोसले  यस्तो व्यवस्था मिलाएको हो।

मन्दिर प्रवेश गर्न मुख्यरूपमा ४ स्थानबाट लाईनको व्यवस्था गरिएको छ। एउटा लाईन गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाईन जयवागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाईन एयरपोर्ट–पिङ्गलास्थान-चार शिवालय हुँदै दक्षिण ढोकाबाट, र चौथो लाइन बत्तिसपुतली-गौशला-पिङ्गलास्थान हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारी, सिफल चौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। नेपाल र भारतका दर्शनार्थीहरुका लागि व्यवस्थत दर्शनको वयवस्था भएपिन तेस्रो मुलुकबाट आएका पर्यटकलाई भने मन्दिर प्राङगण प्रवेश निषेध गरिएको छ। असक्त र जेष्ठ नागरिकले मन्दिर दर्शनका लागि लाइन लाग्नु नपर्ने व्यवस्था कोषले मिलाएको छ।

तीजमा हुनसक्ने संकास्पद गतिविधि तथा भिडको फाइदा उठाउँदै हुनसक्ने चोरी नियन्१णका लागि ४ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भक्तजनलाई आधा घण्टा देखि २ दुई घण्टाको अवधिमा पशुपति नाथको मूल मन्दिर दर्शन गर्न पाउने व्यवस्था मिलाएको कोषले जनाएको छ।

विहान तीन बजेदेखि नै खुलेका पशुपतिनाथ मन्दिरका ढोका राती १२ बजेसम्म खुल्ला हुने छन्। कोषले तीजका दिन मेला भर्न आउँदा बहुमुल्य गहना नलगाउन अपील गरेपनि दर्शनार्थीमा गहनाको कमि भने देखिएको छैन।

यो वर्ष ५ लाख भन्दा बढि भक्तजनले तीजका दिन पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा.प्रदीप ढकालले जानकारी दिनुभयो ।

विगतमा नखुल्ने पशुपतिनाथ मन्दसिरको पूर्वी मूलढोका समेत भक्तजनको सुविधाका लागि यसपटक खोलिएको छ। बाग्मती किनारतर्फको पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा भट्टहरुले जल ल्याउन मात्रै प्रयोग गर्दै आएकोमा यो बर्ष महिला भक्तजनको भीड व्यवस्थापनका लागि वैकल्पिक मार्गका रूपमा उपयोग गर्न लागिएको सदस्य-सचिव ढकालले बताउनुभयो ।

सम्बन्धित