२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

साफ उपविजेता फुटलब टोली घर आईपुग्यो

रेडियो नेपाल २०७६ भदौ १६ गते ११:५६

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको राष्ट्रिय फुटलब टिम स्वदेश फर्किएको छ ।

भारतमा भएको पाँचौ संस्करणको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज (आईतबार) साँझ नेपाल आईपुगेको हो ।

भारतमा भएको उमेर समुहको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेतामा सिमित बनेको थियो । उपाधि भिडन्तमा नेपाली टिम घरेलु टोली भारतसंग पराजित भएको थियो ।

नेपाली टिम फाईनलमा भारतसंग ७–० गोल अन्तरले हारेको थियो ।

नेपाल पछिल्ला संस्करणमा भारतसंग पराजित हुदै उपाधिबाट बिमुख हुँदै आएको छ ।

सम्बन्धित