तपाईँ सुन्दै हुनुहुन्छः

दसैंमा खाद्य संस्थाले तीन हजार खसीबोका ल्याउने

काठमाडौं । यस वर्षको दसैंका लागि नेपाल खाद्य संस्थानले ३ हजार खसी बोका र च्यांग्रा ल्याउने भएको छ । १२ असोजबाट सुरु हुने यो वर्षको दसैंलाई सस्थानले ३ हजार खसी बोका र च्यांग्रा ल्याउन लागेको हो । संस्थानले दसैंमा बजार मूल्य नियन्त्रणका लागि विगत लामो समयदेखि जिल्लाबाट खसी बोका ल्याएर बिक्री गर्दै आएको छ ।

गत वर्ष संस्थानले दसैंका लागि २ हजार खसी बोका र च्यांग्रा ल्याउन लक्ष्य राखेको भए पनि १४ सय खसी बोका र च्यांग्रा काठमाडांैमा भिœयाएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले १५ देखि २ हजार च्यांग्रा र १ हजार खसी बोका ल्याउन तयारी भएको बताए । उनले यस वर्षको दसैंमा गत वर्षभन्दा खसीबोका महँगो हुने देखिएको बताए ।

‘गत वर्षको दसैंमा संस्थानले प्रतिकेजी खसीबोका ५५० रुपैयाँमा बिक्री गरेको थियो, यो वर्ष जिल्लामा नै व्यापारीले ५५० रुपैयाँसम्म भन्ने गरेका छन् ।’ जिल्लामा ५५० रुपैयाँ पर्छ भने काठमाडौंसम्म ल्याउँदा प्रतिकेजी ६५० रुपैयाँ हुन सक्छ,’ महानिर्देशक योगेन्द्र गौचनले भने ।

महानिर्देशक गौचनले दसैंमा खसीको मासु प्रतिकेजी १५ सय देखि २ हजार रुपैयाँसम्म पुग्ने व्यापारीले बताउन थालेपछि मासुको मूल्य बढ्न नदिन व्यापारीसँग छलफल गरिरहेको उनले जानकारी दिए । दसैंमा व्यापारीले प्रतिकेजी १५ रुपैयाँसम्म गर्ने दबाब दिइरहेका उनको भनाइ थियो ।

उनले दसैंमा पनि अहिलेकै मूल्यमा ल्याउन कृषि विभागसँग छलफल गरिरहेको बताए । महानिर्देशक गौचनले दसैंका लागि च्यांग्रा मुस्ताङबाट र खसीबोका दाङ, हेटांैडा, बाँके जिल्लाबाट ल्याउन तयारी भएको बताए ।

सरकारी तथ्यांकअनुसार बजारमा दैनिक खसीबोका माग १ हजारदेखि १ हजार २ सय भए पनि आन्तरिक उत्पादन ३ सयदेखि ४ सयवटा मात्र रहेको छ । आन्तरिक उत्पादनले बजारको माग पूरा गर्न नसकेपछि दैनिक बाहिरबाट ७ सय देखि ८ सयवटा खसीबोका आयात हुने पाइएको छ ।

त्यसैगरी, राँगाभैंसीको दैनिक माग ७ सयदेखि ८ सय रहेको छ । जसमा आन्तरिक उत्पादन १० प्रतिशत रहेको छ । ९० प्रतिशत आयात गर्ने गरेको छ ।

यसैगरी, माछा आन्तरिक उत्पादन ४० प्रतिशत छ भने ६० प्रतिशत आयात गर्नुपरेको छ । यसैगरी अन्डा, कुखुरा र बंगुरको मासु भने आन्तरिक उत्पादनबाट आत्मनिर्भर भएको छ । कुखुराको मासुको माग ३ लाख ५० हजार केजी माग स्वदेशी उत्पादनले नै पूरा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button