तपाईँ सुन्दै हुनुहुन्छः

‘तीजले महिला अधिकारलाई अझै माथि उठाउने विश्वास’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको शुभकामना दिनुहुँदै तीजजस्ता पर्वले महिला अधिकारलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तीज पर्वको विशेष महत्व रहेको उल्लेख गदै उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष मुलुक भएको बताउनुभएको छ ।

उपराष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना ।’

उपराष्ट्रपतिले नेपालीहरु विविधतायुक्त संस्कृतिले हामी अत्यन्त धनी भएको र यहाँ मनाइने सबैखाले मौलिक चाड पर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

हरितालिका तिज पर्वले हाम्रा दिदी–बहिनीहरु र आम नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझै माथि उठाउनेमा उपराष्ट्रपति पुनको विश्वास छ ।

उपराष्ट्रपतिले नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको अत्यन्त ठूलो योगदान रहेको स्मरण गर्दे आन्दोलनबाट प्राप्त उपलब्धीप्रति गौरव गर्न सम्पूर्ण दिदी–बहिनीहरुमा आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button