तपाईँ सुन्दै हुनुहुन्छः

तीजबाट महिलालाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा मिल्नेः अध्यक्ष तिमिल्सिना  

काठमाडौँ –  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरुको विशेष पर्व हरितालिका (तीज)ले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल जस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने अपेक्षा लिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

“चाडपर्वहरु मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ, तीजको पनि आफ्नै मौलिकता रहेको छ, तीज लक्षित गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्न चाहन्छु”, अध्यक्ष तिमिल्सिनाद्वारा जारी सन्देशमा उल्लेख छ । उहाँले चाडपर्वहरु मनाउँदा भित्रिन सक्ने सामाजिक विकृतिप्रति सचेत हुँदै खर्चमा मितव्ययिता अपनाउन र पारिवारिक मिलन तथा सामाजिक सद्भाव बढाउने गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button