तपाईँ सुन्दै हुनुहुन्छः

चौथो हिन्द महासागर सम्मेलनमा परराष्ट्रमन्त्री सहभागी हुँदै

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भदौ १७ र १८ गते मालदिभ्समा आयोजना हुने चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सम्मेलनलाई मन्त्री ज्ञवालीले भदौ १७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवम् अपरम्पारिक चुनौती’ विषयक उक्त सम्मेलनमा ४० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्व र विद्वत्वर्ग सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button