तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्य

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गर्ने उपचार आगामी बुधबार पूरा हुने भएको छ ।

प्रधानमन्त्री ओलीको भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनुभयो ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रेस सल्लाहकार अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button